प्रचण्ड, माधव नेपाल र रवि लामिछाने छलफलमा


२०८१ श्रावण ४ शुक्रबार १६:२३ बजे

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधव नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

माओवादी संसदीय दलको कार्यालयमा तीन नेताबीच अहिले छलफल चलिरहेको छ । कांग्रेससँग मिलेर प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिँदैछन् । एमालेले कांग्रेससँग मिलेपछि तीनै दल सत्ताबाट बाहिरिएका छन् ।

कांग्रेस एमाले गठबन्धनलाई अधिकांश सबै साना दलले समर्थन गरे पनि माओवादीसहित रास्वपा र नेकपा एस विपक्षमा देखिएका छन् । तीन शीर्ष नेताबीच पछिल्ला विकसित राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे छलफल भइरहेको बुझिएको छ । छलफलमा माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र रास्वपा उपसभापति डिपी अर्याल पनि सहभागी छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७