एमालेबाट को-को बन्दैछन् मन्त्री ?

काठमाडौं : प्रधानमन्त्रीमा नियुक्त भएसँगै नेकपा (एमाले) का अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आफूसँगै सबै मन्त्रीहरुको शपथ गराउने तयारी गरेका छन् ।
सत्ता सहयात्राको समझदारी गरेर सरकार गठनको तयारीमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले यसअघि मन्त्रालय भागबन्डा टुंग्याइ सकेका छन् । दुवै दलका शीर्ष नेताहरूबीच भएको समझदारी अनुसार नेपाली कांग्रेसले १० र एमालेले ८ वटा मन्त्रालय लिनेगरी सहमति बनेको हो।
कांग्रेस र एमाले आफ्नो भागमा परेका मन्त्रालयमा पठाउने मन्त्रीहरुको अन्तिम सूची तयार पार्नमा जुटेका छन् । एमालेले अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाएको छ ।
उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चार मन्त्री राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल भौतिकमन्त्री शिक्षा मन्त्री विद्या भट्टराई बन्दैछिन् भने रक्षा मन्त्रालय मानवीर राई र राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने भएका छन् ।