बुद्ध एयरले थप्यो १८औं जहाज, धनगढीमा सेवा विस्तारसँगै सिक्किम र गुवाहाटीमा उडान


२०८१ असार १५ शनिबार ११:४३ बजे

काठमाडौं । बुद्ध एयरले थप एउटा ‘एटीआर ७२’ जहाज नेपाल भित्र्याएको छ । योसँगै बुद्ध एयरसँग १८ वटा जहाज भएको छ । बुद्धसँग ३ वटा एटीआर ४२ र १५ वटा एटीआर ७२ जहाज भएको छ । एयरले साउन १ देखि सुर्खेत र धनगढीमा एक अतिरित्त उडानसँगै अरु गन्तव्यमा पनि विस्तार गर्ने बुद्धले जनाएको छ ।

साथै मर्मत–सम्भारसँगै उडान तालिका बढी प्रभावकारी बनाइने एयरको भनाइ छ । १८औं जहाज यही साउनदेखि उडानमा आउने एयरले जनाएको छ । कल साइन नाइन एन एएनजेट जहाज फ्रान्सको तुलुसबाट भित्र्याएको एयरले जनाएको छ । अब एयरसँग ३ वटा एटीआर–४२ र १५ वटा एटीआर– ७२ जहाज भएका छन् ।

हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता अनुरुप बुध्द एयरले जहाज थप गरेको बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले बताए । ‘सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरु आफ्नो समय अनुकल उडान भर्न सक्ने छ ।’ ‘हामी उडान तालिकालाई प्रभावकारिकाताका साथ सञ्चालन गर्ने हो’, उनले भने । थपिएको जहाजबाट साउन १ देखि धनगढी तथा सुर्खेतमा थप १ उडान भर्ने योजना कम्पनीको रहेको छ ।

हाल धनगढी तथा सुर्खेतमा दैनिक २ उडान भइरहेको छ । थपिएको जहाजबाट अन्य गन्तव्यहरुमा पनि उडान संख्या थप्ने योजना रहेको छ । एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी उडान भरिरहेको छ । अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान भरिरहेको छ ।

यस्तै पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्जको उडान पनि भरिरहेको छ । योसँगै बुद्ध एयरले भारतको सिक्किम र गुवाहाटीमा समेत उडानको तयारी गरिरहेको छ । बुद्ध एयरले भारतको दुई गन्तव्यमा उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिने तयारी गरेको छ ।

बुद्ध एयर अहिले नेपालमा सबैभन्दा बढी उडान गर्ने एयरलाइन्स हो । बुद्धको बजार हिस्सा २०२४ को तीन महिनामै ६३.५० प्रतिशत पुगेको थियो । बुद्ध एयरले सन् २०२४ को ३ महिनामै ६ लाख ४८ हजार २ सय ६५ यात्रुलाई सेवा दिएको छ । बुद्ध एयरले अहिले काठमाडौंबाट माउन्टेन उडानसहित धनगढी, सुर्खेत, नेपालगञ्ज, भैरहवा, पोखरा, चितवन, सिमरा, जनकपुर, राजविराज, विराटनगर, भद्रपुर र तुम्लिङटारमा उडान गरिरहेको छ । यसैगरी पोखराबाट भरतपुर, भैरहवा र नेपालगञ्जमा समेत उडान गरिरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७