पर्सा राष्ट्रिय निकुञ्जमा सेनासँगको मुठभेड गोली लागेर एक शिकारीको मृत्यु


२०८१ असार ७ शुक्रबार १८:२५ बजे

पर्सा । पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना र शिकारीबीचको भुठभेड हुँदा एक जनाको ज्यान गएको छ । गस्तीमा रहेको सेनाले चलाएको गोली लागेर एक जनाको ज्यान गएको हो ।

मृतकको नाम खुलिसकेको छैन । सेनाको टोली र शिकारीको समूहबीच निकुञ्ज क्षेत्रभित्र भुठभेड हुँदा गोली चलेको बुझिएको छ । सेनाले गोली चलाएपछि अन्य फरार भएका छन् । निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले घटनाको पुष्टि गर्दै थप विवरण आउन बाँकी रहेको बताए ।

‘घटना भएको हो, अहिले अरू विवरण आउन बाँकी छ । हामीले त्यसैमा लागिरहेका छौं’, उनले भने । निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुको चोरी शिकारी गर्न तस्करहरू समूह बनाएर बस्ने गरेका छन् । वन्यजन्तुको चोरी तस्करी नियन्त्रण गर्न सेनाले गस्ती गर्ने गरेको छ । गस्तीमा रहेको सेना र तस्कर समूहबीच जम्काभेट हुने गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७