तमिलनाडुमा विषाक्त मदिरा सेवनबाट ३४ जनाको मृत्यु


२०८१ असार ७ शुक्रबार २१:०४ बजे

नयाँदिल्ली । भारतको तमिलनाडुस्थित कल्लाकुरिचीमा विषाक्त मदिरा सेवन गर्दा ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश करुणापुरमका बासिन्दा हुन् । जबकी एक सय बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।

सरकारले घटनामा ज्यान गुमाएकाका परिवारलाई १० लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको समाचारमा उल्लेख छ । विषाक्त मदिरा काण्डपछि कल्लाकुरिचीका जिल्ला अधिकारीको सरुवा भएको छ । प्रहरी नायब उपरीक्षकसहित दश जना प्रहरी निलम्बनमा परेका छन् । तमिलनाडु सरकारले सेवानिवृत्त न्यायाधीश गोकुलदासको अध्यक्षतामा एक छानबिन समिति गठन गरेको छ । आयोगले तीन महिनाभित्र छानबिन प्रतिवेदन बुझाउने समाचारमा उल्लेख छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७