टी–२० विश्वकप : आज सुपर–८ का दुई खेल हुँदै


२०८१ असार ७ शुक्रबार ११:५१ बजे

काठमाडौँ । जारी आइसीस टी–२० विश्वकप अन्तर्गत आज (शुक्रबार) दुई खेल हुँदैछन् । आज पहिलो खेल अस्ट्रेलिया र बंगलादेशबीच खेल हुँदैछ । एन्टीगास्थितसर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६; १५ बजेदेखि शुरु हुँदैछ ।

जारी विश्वकपमा अस्ट्रेलियाले समूह चरणका चारै खेल जितेर सुपर–८ मा पुगेको हो । त्यस्तै बंगलादेशले भने समूह चरणमा तीन खेल जितेर सुपर–८ मा पुगेको हो । सेमिफाइनलको दौडका लागि सुपर–८ को समूह १ मा रहेका दुवै देशका लागि यो खेल महत्वपूर्ण रहेको छ ।

अहिलेसम्म अस्ट्रेलिया र बंगलादेशबीच कुल १० टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा अस्ट्रेलियाले ६ खेल जितेको छ भने बंगलादेशले ४ खेल जितेको छ । त्यस्तै आज दोस्रो खेल सुपर–८ को समूह २ मा रहेका इङल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८ः १५ बजेदेखि शुरु हुनेछ ।

यस विश्वकपको सुपर–८ को खेलमा इङल्याण्ड र दक्षिण अफ्रिकाले आ–आफ्नो पहिलो खेल जितेका छन् । पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई र इङल्याण्डले वेष्ट इण्डिजलाई पराजति गरेको छ । यो खेलमा जित हासिल गर्ने देशले सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाउने छ । इङल्याण्ड र दक्षिण अफ्रिकाबीच अहिलेसम्म कुल २५ टी–२० खेल भएका छन् । जसमा दुवैले १२–१२ खेल जितेका छन् भने एक खेलको नतिजा आएको छैन ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७