संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची


२०८१ असार ४ मंगलबार ०९:४१ बजे

काठमाडौं । संघीय संसदअन्तर्गत दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज (मंगलबार) बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ ।

प्रतिनिधिसभाको आजको बैठकमा पनि विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी छलफलले निरन्तरता पाउनेछ । जसअन्तर्गत आज गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकमाथि छलफल हुनेछ ।

आजको बैठकमा डा. अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च कटौतीको प्रस्ताव गर्नेछन् ।

त्यस्तै सांसद प्रेम सुवालले गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकमा खर्च कटौतीको प्रस्ताव गर्नेछन् । बुद्धिमान तामाङले गृह मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव गर्दा रोशन कार्कीले परराष्ट्र मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव गर्नेछन् । त्यस्तै, राजेन्द्रप्रसाद लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव गर्नेछन् ।

ज्ञानबहादुर शाहीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च कटौतीको प्रस्ताव गर्दा ध्रुवबहादुर प्रधानले राष्ट्रिय योजना आयोग शीर्षकको खर्च कटौतीको प्रस्ताव गर्नेछन् । त्यस्तै विना लामाले उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च खर्च कटौतीको प्रस्ताव गर्नेछिन् ।

त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव गर्नेछिन् । त्यस्तै उक्त विधेयकमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७