भेरी नदीमा बेपत्ता दुई बालकको शव गोताखोरले निकाल्यो

सुर्खेत । भेरी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला परेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ चोक्टेस्थित भेरी नदीमा बेपत्ता भएका दुई पुरूषको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
१ असारमा नुहाउने क्रममा बेपत्ता भएका भुपेन्द्र केसी र विनोद केसीको शव सशस्त्र प्रहरीले आइतबार निकालेको हो । आइतबार सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेशबहादुर थापाको कमाण्डमा १० जनाको गोताखोर टोली खटिएको थियो । उक्त टोलीले १२ः३५ बजे भुपेन्द्रको र १२ः ४० बजे विनोदको शव ३० फिट गहिराइबाट निकालेको हो ।