भारी वर्षाका कारण फ्लोरिडामा आपतकाल घोषणा


२०८१ जेठ ३२ शुक्रबार १९:४२ बजे

काठमाडौं । लगातार भारी वर्षा भएपछि अमेरिकाको फ्लोरिडा आपतकाल घोषणा गरिएको छ । राज्यका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही काउन्टीमा आपतकाल घोषणा गरेका हुन् ।

मियामीको राष्ट्रिय मौसम सेवाले हल्यान्डेल र हलिउडसहित ब्रोवार्ड र मियामी–डेड काउन्टीका केही भागमा अझै पनि ज्यान लिने बाढीले घर, कम्पनी र सडकहरूलाई असर गरिरहेको बताएको छ । ब्रोवार्ड र मियामी–डेड दुवै काउन्टीमा सात इञ्चसम्म वर्षा भएको छ । फोर्ट लोडरडेल–हलिउड क्षेत्रमा वर्षाको दर बुधबार १० सेन्टिमिटरसम्म पुगेको छ । सारासोटामा पनि करिब १० सेन्टिमिटर वर्षा भएको छ ।

अमेरिकामा सबैभन्दा लामो तटरेखा भएको फ्लोरिडा राज्य र मेक्सिको खाडी एटलान्टिक महासागर र फ्लोरिडा स्ट्रेटबीचको प्रायद्वीप हो । आफ्नो भौगोलिक स्थितिका कारण यस राज्यमा प्रत्येक वर्ष वर्षा र तुफान आउँछ । सन् २०२३ अगस्ट २९ मा तुफान इडालियाको सम्पर्कमा आउँदा दुई जनाको मृत्यु भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७