कटुवा पेस्तोलसहित बाँकेबाट तीन युवक पक्राउ

बाँके । बाँके प्रहरीले कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा मोटरसाइकलमा सवार तीन जनालाई चेकजाँच गर्दा नेपालगञ्ज उपमहानगरपालिका–१३ लोनियनपुरुवाका हुसैन बागवानको साथबाट कटुवा पेस्तोल फेला परेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।
भे.६ प.४९०२ नम्बरको होण्डा साइन मोटरसाइकलमा सवार सदराम बागवान, साकिर अलि बागवान र हुसैन बागवानलाई शंका लागि चेकजाँच गर्दा हुसैन बागवानको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली, तीन थान मोबाइल र मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।