दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी


२०८० चैत १६ शुक्रबार ०७:०५ बजे

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १२ रनले पराजित गरेको हो ।

राजस्थानले दिएको १८६ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ५ विकेट फुमाउदै १७३ रन मात्र बनाएको थियो । दिल्लीका लागि डेभिड वार्नरले सर्बाधिक ४९ रन बनाए भने ट्रीस्टान स्टब्सले अविजित ४४ रन बनाएका थिए । त्यसैगरी राजस्थानका बलर नान्द्रे बर्गर र युजवेन्द्र चहलले २–२ तथा आभेस खानले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले रियान परागको ४५ बलमा ८४ रनको इनिङको मद्दतले २० ओभरमा ५ विकेट गुमाउदै १८५ रन बनाएको थियो । यो जितपछि राजस्थानले लगातार दोस्रो जित हासिल गरेको छ भने दिल्लीले यस सिजनमा लगातार दोस्रो हार बेहोरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७