माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज (शुक्रबार) बस्दैछ । गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण हिजोका लागि तय गरिएको बैठक स्थगित भएपछि शुक्रबारका लागि बोलाइएको हो ।
सो बैठक पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने जनाइएको छ । बैठकमा विधान अधिवेशनवाट अनुमोदन बिधान, पदाधिकारी र केन्द्रिय नेताहरूको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति घटनाक्रमलगायत एजेण्डामा छलफल गरिनेछ ।