१४ वर्षीया बालिकालाई लिएर गएका वीरगञ्जका महमद इस्राफिम भारतमा पक्राउ


२०८० फाल्गुण २८ सोमबार १८:१८ बजे
College Football Jerseys Florida state seminars jerseys custom made football jerseys College Football Jerseys Iowa State Football Uniforms brock bowers jersey asu jersey 49ers jersey asu jersey custom made football jerseys fsu football jersey detroit lions jersey micah parsons jersey 49ers jersey brock bowers jersey

रौतहट । आफ्नो नाम परिवर्तन गरी नेपाली बालिकालाई भारतको केरला लैजान लागेका वीरगञ्जका एक जना मुस्लिम समुदायका युवक भारतको उत्तराखण्डबाट पक्राउ परेका छन् । १४ वर्षीय बालिकालाई नक्कली माया प्रेममा फसाएर केरला लागिरहेका वीरगञ्जका स्थानीय वर्ष २६ का मोहम्मद इस्राफिल अन्सारी पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ ।

भारतको उत्तराखण्ड भीम तालबाट अन्सारी पक्राउसँगै बालिकालाई उद्धार गरिएको मानव बेचबिखन नियन्त्रण इकाई एरिया हेडक्वार्टर एसएसबी बेतिया कार्यालय ४७ औं कोर एसएसबी रक्सौलका इन्स्पेक्टर मनोजकुमार शर्माले जानकारी दिएका छन् । बालिकालाई सोधपुछ गर्दा अन्सारीले आफूलाई केरला लैजान चाहेको बयान दिएपछि उत्तराखण्ड प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको इन्स्पेक्टर शर्माले बताएका छन् ।

अन्सारीले नाबालिगसँग इन्स्टाग्राममार्फत चिनजान गरेका थिए । आफ्नो वास्तविक नाम लुकाएर किशोरीलाई मुन्ना महतो बताएका थिए । इस्राफिलले संयोगबस एक दिन आफ्नो मोबाइल घरमा बिर्सेको समय उनका एक जना आफन्तले फोन गरेर इस्राफिल कहाँ छ भनेर सोधेपछि मात्र आफूले उनको वास्तविक नामबारे चाल पाएको बताएकी थिइन् । आरोपी मोहम्मद इस्राफिल अन्सारीले सोधपुछका क्रममा यसअघि थप दुई युवतीसँग यसै गरी विवाह गरेर छोडेको बयान दिएको भारतीय प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७