एमालेको सचिवालय बैठक जारी (तस्वीरहरु)

काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक जारी छ । नेकपा माओवादी केन्द्रसँग सत्ता सहकार्य सुरू गरेको एमालेले पछिल्लो समयमा बिकसित राजनीतिक घटनाका बारेमा छलफल गरिरहेको छ ।

पार्टी मुख्यालय च्यासल, ललितपुरमा जारी बैठकमा सरकारमा भावी काम कारबाहीको तथा नीति निर्माण तय गर्ने प्रमुख एजेण्डामा छलफल चलिरहेको छ । परिवर्तित सत्ता समीकरण, पार्टीका नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमका विषयमा सचिवालय बैठकमा छलफल हुने बताइएको छ ।


