गोर्खा सैनिकका सन्तानमाथि ठगी प्रकरण : ‘एभरेष्ट सोलिसिटर’का वकिल थापाविरुद्ध पक्राउ पुर्जी
काठमाडौं : बेलायतको आवासीय भिषाको लागि कानुनी सेवा उपलब्ध गराउने नाममा ठगी गरेको आरोपमा बेलायतस्थित ‘एभरेष्ट सोलिसिटर’का कानून व्यवसायी राजु थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
भूतपूर्व गोर्खा सैनिकका सन्तानलाई आवासीय भिसा मिलाइदिने गिरोहका मुख्य योजनाकार केही दिनअघि पाँचथरबाट पक्राउ परेका सुर्य नेम्वाङको बयानका आधारमा थापाविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । थापासँगै समी काछी रोजी श्रेष्ठ विरुद्ध पनि २ फागुन २०८०मा पक्राउ पुर्जी जारी भएको छ ।
नेम्वाङलाई गोर्खा सैनिकहरुको उजुरीको आधारमा गत १५ माघ २०८० पाँचथरको फिदिम नगरपालिका–४ स्थित उनको निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।
कराडौं ठगीका आरोप लागेका नेम्वाङले प्रहरीलाई दिएको वयानको आधारमा अदालतले थापा र श्रेष्ठलाई प्रतिवादी बनाएको हो । जिल्ला अदालत काठमाडौंले नेम्वाङलाई भने ५ लाख धरौटीमा रिहा गरेको छ ।
नेम्वाङको वयानको आधारमा सरकारी वकिलले वयानको आधारमा थापा र श्रेष्ठलाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो । प्रहरीका अनुसार नेम्वाङले ठगीको पैसा थापालाई बुझाएको वयान दिएका छन् ।