भ्रष्टाचार मुद्दामा तत्कालीन गाविस सचिव घिमिरेलाई तीन वर्ष कैद र २७ लाख जरिवाना


०३:०० बजे

काठमाडौँ । विशेष अदालत काठमाडौँले सिराहाको तत्कालीन राजपुर गाविसका सचिव केशव घिमिरेलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै तस्न वर्ष कैदसहित २७ लाख जरिवाना सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई, मुरारीबाबु श्रेष्ठको इजलासले तत्कालीन गाविसको रकम हिनामिना गरेको आज ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेलाई सिरहाको राजपुर गाविसमा आव २०६९/०७० र २०७०/०७१ को आन्तरिक आयतर्फको आम्दानीमा हिनामिना गरेको आरोप लगाउँदै २०७८ फागुन २७ मा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

घिमिरेले सामाजिक सुरक्षा भत्तामा २०७२/०७३ को दोस्रो किस्ताको रकम बैङ्कबाट झिकी वितरण नगरेको, कुनै श्रेस्ता बिल भरपाई नराखी खरिद आदेश, दाखिला आदेशसमेत नराखी चेक काटेर शीर्षक नखुलेको स्टेशनरी, कार्यालय सञ्चालन खर्च, विकास निर्माण समेतका शीर्षकहरूमा हिनामिना गरेको अख्तियारको ठहर थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७