सर्‍यो ईपीएस कोरियाको भाषा परीक्षाको मिति


२०८० माघ २ मंगलबार १५:५३ बजे

काठमाडौं । रोजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरियाको भाषा परीक्षाको मिति सरेको छ । जनवरी २० मा ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरीङ’ तर्फको हुने परीक्षाको कार्यतालिका पछि सरेको हो ।

अब ईपीएस ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फको परीक्षा फेब्रुअरी ६ मा सूचना जारी गर्ने गरी सारिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिएका छन् । प्राविधिक समस्याका कारण केही ई–मेलमा समस्या आएकाले परीक्षा केही समय पछि सारिएको महानिर्देशक घिमिरेले बताए ।

अहिलेसम्म आवेदन दिएका एक लाख ६४ हजार जनाको विवरण भेरीफई गर्न समय लाग्ने भएकाले समय सारिएको हो । कोरिया जान गत डिसेम्बर महिनामा खुलेको ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फ १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका छन् । हालसम्मकै उच्च आवेदन परेकोले तीन चरणमा परीक्षा गर्ने निर्णय भएको थियो । जसअनुसार यही जनवरी २० मा सूचना जारी गरी परीक्षा गराइने भनिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७