बसको ठक्करबाट पैदलयात्रीको ज्यान गएपछि राजमार्ग अवरुद्ध


११:०७ बजे

कैलाली । बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि कैलालीको लम्कीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बिहीबार साझ लम्कीचुहा–२ मा बसको ठक्करबाट ज्यान गुमाएका डम्बरबहादुर बिष्टका आफन्तले लम्कीमा राजमार्ग अवरुद्ध गरेका हुन् ।

मृतकको परिवारलाई क्षतिपूर्ति दिने विषयलाई लिएर उनीहरूले राजमार्ग अवरुद्ध गरेको प्रहरीले जनाएको छ । मृतकको परिवारलाई कानुन अनुसारको क्षतिपूर्ति तथा र दोषीलाई कारबाहीको प्रक्रिया सुरु भइसकेकोले शान्ति व्यवस्था कायम राख्न कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टलले आग्रह गरेका छन् ।

बिहिवार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिँदा मोहोन्याल गाउँपालिका ७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर चोकमा पैदलयात्रा गरीरहेका बिष्टलाई बसले ठक्कर दिदा गम्भीर घाइते भएका थिए ।

बिष्टलाई उपचारको लागि लालरत्न अस्पताल लगीएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज मेडीकल कलेज कोहलपुर रेफर गरिएको थियो। घाइते बिष्टको उपचारको क्रममा कोहलपुरमा गएराति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा रहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७