युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना


२०८० मङ्सिर १४ बिहीबार २१:१० बजे

स्पेन । साइबर आक्रमणहरूमा वृद्धि हुँदै गएको र यसले राजनीतिक प्रणालीमा खलल पुर्‍याउने खतरा रहेको चेतावनी दिँदै गुगलले बुधबार युरोपमा आफ्नो सबैभन्दा ठूलो साइबर सुरक्षा केन्द्र खोलेको छ ।

सिलिकन भ्याली फर्मले नीति निर्माताहरूसँग एक वर्षको कुराकानीपछि दक्षिणी स्पेनी शहर मालागामा नयाँ केन्द्र खोलेको बताएको छ । युरोपेली सङ्घ र गुगल दुवैले युक्रेनको युद्धले लोकतन्त्रलाई अस्थिर पार्न साइबर उपकरणहरू कसरी प्रयोग गर्न सकिन्छ भन्ने देखाएको चेतावनी दिएका छन् ।

गुगलका अन्तर्राष्ट्रियमामिला प्रमुख केन्ट वाकरले गत वर्ष साइबर आक्रमण ३८ प्रतिशतले बढेको र ‘आक्रामक बन्दै गएको’ बताएका छन् । उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय स्तरमा मिलेर काम गर्न आवश्यक छ ।’ युरोपेली संसदकी उपाध्यक्ष दिता चरन्जोभाले एक भिडियो सम्बोधनमा हरेक दिन अनुमानित दुई लाख ३० हजार वटा दुर्भावनापूर्णरूपमा स्थापित सफ्टवेयर डाउनलोड भइरहेको बताएका छन् ।

‘हामीलाई कुनै शङ्का छैन कि युरोपेली चुनाव गलत सूचना र साइबर हस्तक्षेपको निशाना बन्नेछ’, उनले भने । म्युनिख र डबलिनमा साइबर सुरक्षा केन्द्र रहेको गुगलले आफ्नो मालागा साइटमा साइबर खतरासँग जुध्नका लागि उपकरण निर्माण गर्ने विज्ञहरू राख्ने बताएको छ । यसले सरकारी अधिकारी, कम्पनी र गैरसरकारी संस्थालाई तालिम दिन पनि मद्दत गर्नेछ । फर्मले आफ्नो साइबर सुरक्षा शस्त्रागार निर्माण गर्न वर्षौं बिताएको छ ।

यसले एक दशक अघि मलागामा आधारित ‘स्टार्टअप भाइरसटोटल’ लाई अधिग्रहण गरेको थियो र फर्मले अहिले विश्वको सबैभन्दा ठूलो मालवेयर डाटाबेसमध्ये एक भएको दावी गरेको छ । गत वर्ष उसले अमेरिकी साइबर सुरक्षा फर्म ‘म्यान्डियन्ट’लाई पाँच अर्ब डलरभन्दा बढीमा किनेको थियो । (एएफपी)

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७