नेपाल सुपर लिगमा आज झापा एफसी र स्पोर्टिङ इलाम भिड्दै


२०८० मङ्सिर ११ सोमबार ०५:२७ बजे

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज (सोमबार) दुई नयाँ टोलीबीच प्रतिस्पर्धा हुँदैछ । झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुन लागेको हो ।

यी दुवै नेपाल सुपर लिगमा नयाँ टोली हुन् । इलामले उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्ससँग खेलेको थियो । पहिलो खेलमा उसले १–० ले पराजय बेहोर्नु परेको थियो । झापाको लागि भने यो पहिलो खेल हो । खेल साँझ साढे ५ बजे हुनेछ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ ।

प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेलिरहेका छन् ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ ३०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७