म्याग्दीको बेनीबाट २१ दिनदेखि बेपत्ता युवतीको शव भीरमा भेटियो


२०८० मङ्सिर ११ सोमबार ०३:५३ बजे

म्याग्दी । म्याग्दीको बेनीबाट २१ दिनअघि हराएकी एक युवतीको पर्वतको मल्लाजस्थित भीरमा हिजो आइतबार शव भेटिएको छ । गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी मङ्गला गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटाको शव पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने ठूलो सल्लेरी र भीरमुनी सामुदायिक वन क्षेत्रमा भेटिएको हो ।

म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार हिजो बिहान भेटिएको शव पुष्पाको भएको पुष्टि भएको र परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको छ । शव सडेको अवस्थामा भेटिएको थियो । बेनीको कालीपुल पारी रहेको सो जङ्गलको भूगोल पर्वतमा पर्छ ।

घटनाको बारेमा पर्वत प्रहरीले अनुसन्धान थालेको छ । बेनीको अस्पताल चोकमा रहेको पाण्डे मेडिकल हलमा कार्यरत सापकोटा कात्तिक २१ गते बिहान पौने ११ बजे त्यहाँबाट निस्किएकी थिइन् । उनको मोबाइलको ‘लोकेशन’ क्याम्पस चोकको टावर रेञ्जमा देखाएको थियो ।

पुष्पाको मृत्युको विषयलाई शङ्कास्पद रुपमा हेरिएको छ । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । घटनास्थल पर्वतमा पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय पर्वतबाट नै टोली खटिएर अनुसन्धान गर्ने र पोष्टमार्टम गरेपछि शव परिवारको जिम्मा लगाउने तयारी छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७