मुलुकलाई संकटबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनु पर्छ : ईश्वर पोखरेल


२०८० असोज २ मंगलबार १७:३२ बजे

जनकपुर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले मुलुकलाई संकटबाट जोगाउन आफ्नो पार्टीले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन् । आज (मंगलबार) जनकपुरमा आयोजित ‘संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशलाई दुरावस्थाबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनु पर्ने बताएका हुन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको अवस्थालाई बदल्न २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी एमालेले तयारी गरिरहेको पनि बताएका छन् । उनले आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टीको ध्येयलाई आत्मसात गर्दै एकतावद्ध भएर अघि बढ्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए ।

उनले पार्टीका अधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । वरिष्ठ उपाध्यक्ष पोखरेलले नेता नेम्वाङलाई संविधान निर्माण र राष्ट्रिय राजनीतिमा देखिएको संकट समाधानका नेताका रूपमा चित्रण गरे । ठूलो दबाबका बीच पनि नेपालको संविधान जारी हुनुमा स्वर्गीय नेता नेम्वाङको महत्त्वपूर्ण योगदान रहेको उनको भनाइ थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७