विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर


०७:३७ बजे

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ५७ पैसा र बिक्री दर १३३ रूपैयाँ १७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ३३ पैसा र बिक्री दर १४२ रूपैयाँ ९८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ३८ पैसा र बिक्री दर १६७ रूपैयाँ १४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३६ पैसा र बिक्री दर ३६ रूपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७