कोशी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा


२०८० भदौ ७ बिहीबार ०२:०७ बजे

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट आज (बिहीबार) सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ ।

गएको सोमबार मुख्यमन्त्री उद्धव थापाले सभाको अध्यक्षता गरेका इसराइल मन्सुरीको समेत मत लिएर प्रदेशसभाको विश्वास प्राप्त थिए । त्यसरी असंवैधानिक काम गरेको भन्दै कार्कीले बुधबार रिट दायर गरेका थिए । यसअघि पनि कार्कीकै रिटमा सर्वोच्चले सभामुखको हस्ताक्षरमा बहुमत देखाएर मुख्यमन्त्री बनेका थापाको नियुक्ति बदर गरिदिएको थियो ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभामुखको भूमिकामा रहेका अध्यक्षमण्डलका सदस्य तथा कांग्रेस सांसद मन्सुरीलाई मत हाल्न लगाएपछि एमाले अदालत गएको हो। सभामुखको भूमिकामा रहेका मन्सुरीले मत प्रयोग गरेर लिएको विश्वासको मत बदर गरी पाऊँ भनी रिट दायर गरिएको हो ।

‘सोमबार मत विभाजनको हस्ताक्षर गर्ने क्रममा समायवधि सकिसकेको अवस्थामा सभाध्यक्षको आसनबाट इस्राइल मन्सुरीले गरेको हस्ताक्षर समेत जोडी ४७ पुर्‍याएको कार्य गैरकानुनी छ । त्यो बदर गरी पाऊँ । संविधानको धारा १६८ (३) बमोजिम तथा सर्वोच्चबाट यसअघि नै भएको आदेशबमोजिम मुख्यमन्त्री नियुक्त गर्न आदेश गरी पाऊँ,’ एमालेले रिटमा भनेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७