सत्ता र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताको बैठक बस्दै


२०८० भदौ ६ बुधबार ०६:५६ बजे

काठमाडौं । सत्ता र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूको बैठक आज (बुधबार) बस्दै छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि मंगलबार बस्न नसकेको बैठक आज बस्न लागेको हो ।

बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ बजेका लागि बोलाएका छन् । एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित सदन चल्न दिएको छैन ।

सोमबार रातिको बैठकमा समिति बनाउने सहमति भएको थियो । मंगलबारको बैठकले समितिको विषयमा मस्यौदा बुझाउने र बैठकले त्यसलाई अन्तिम रूप दिने तयारी गरेको थियो । तर, ओलीको अनुपस्थितिमा बैठक बस्न सकेको थिएन ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७