लतिला निवास प्रकरणका दुई आरोपी रिहा, अरुको पाँच दिन म्याद थप


२०८० श्रावण ३१ बुधबार ११:५५ बजे

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकामध्ये दुई जना रिहा भएका छन् । मालमोत कार्यालय डिल्ली बजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे रिहा भएका छन् ।

स्वास्थ्यका कारण उनीहरुलाई मुद्दा बुझाउने दिन पेश गर्ने गरी बुधबार रिहा गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन् । सो प्रकरणमा पक्राउ परेका अन्यलाई भने आजै काठमाडौँ जिल्ला अदालतबाट थप ५ दिन म्याद थप भएको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलगायत हिरासतमा छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७