संसदको अवरोध खुलाउन दलहरूसँग संवाद गर्ने सत्ता गठबन्धनको निर्णय


२०८० श्रावण ३१ बुधबार १३:५८ बजे

काठमाडौं । संसदमा प्रमुख प्रतिपक्षी दलले गरिरहेको अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबीच छलफल भएको छ । संसद लामो समयदेखि अवरोध भएपछि सत्ता गठबन्धन दलका शीर्ष नेताहरू बुधबार बिहान छलफलमा जुटेका हुन् । छलफलमा संसद सुचारू गर्नेबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

संसदको अवरोध हटाएर सुचारू गर्न दलहरूसँगको संवादलाई तीव्र बनाउने निर्णय भएको शर्माले बताए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

त्रिभुवन विमानस्थलबाट बरामद भएको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमाले लगातार संसद अवरोध गर्दै आइरहेको छ । सत्ता गठनबन्धले भने यस प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको निष्कर्ष निकालिसकेको छ । सत्ता गठबन्धनको सोमबारको बैठकले सुन प्रकरणमा सीआइबीले गरेको अनुसन्धान प्रभावित हुने भन्दै उच्चस्तरीय छानबिन समिति नबनाउने निर्णय गरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७