पाकिस्तान रेल दुर्घटनामा मत्यु हुनेको संख्या ३० पुग्यो, १०० भन्दा बढी घाइते


१३:५१ बजे

काठमाडौं । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार एक यात्रुवाहक रेल दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा ३० पुगेको पाकिस्तानी प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार आइतबार रेलका कम्तीमा १० वटा डिब्बा लिकबाट खस्दा भएको उक्त दुर्घटनामा कम्तीमा १०० भन्दा बढी घाइते भएका छन् । सिन्धप्रान्तका मुख्यमन्त्री सैयद मुराद अली शाहले नौवटा डिब्बालाई खाली गरिएको र बाँकी डिब्बाका यात्रुको उद्धार कार्य जारी रहेको जानकारी दिए ।

उनले गम्भीर घाइतेलाई थप उपचारका लागि दक्षिणी बन्दरगाह शहर कराँची पु¥याइएको बताए । कराँचीबाट देशको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्ततर्फ जाँदै गरेको रेल नहरको पुल पार गर्ने क्रममा १६ देखि १७ वटा डिब्बा रहेको हजारा एक्सप्रेस रेल लिकबाट तल खसेको थियो । रेलमन्त्री ख्वाजा साद रफिकले अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेको र रेलमा ‘आक्रमण’ पछि दुर्घटना भएको हुनसक्ने सम्भावनालाई इन्कार गर्न सकिने बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७