कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट


२०८० श्रावण १४ आइतबार १२:५९ बजे

काठमाडौं । प्रहरीले कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट भेटिएको छ । ताम्राकारले आत्महत्या गर्नुअघि आफ्नो मोबाइलमा सुसाइड नोट लेखेको भेटिएको हो ।

सारुकले मोबाइलमा लेखेको नोट फरेन्सिक परीक्षणमा गर्दा भेटिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ । सुसाइड नोटमा सारुकले कसैलाई दुःख नदिन प्रहरीलाई अनुरोध गरेका छन् ।

सारुकले लेखेका छन्– पुलिसहरू डन्ट फकिङ मी कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यहीँ इन्ड हुनु थियो । सो सकियो । मेक मि रेस्ट इन पीस, धन्यवाद । आमालाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘अर्को जुनीमा पनि तपाईंको कोखबाट जन्मिन पाऊँ भनेका छन् ।’ स्रोतका अनुसार उनले सबै साथीहरूलाई पनि सम्झिएका छन् ।

सारुकले २१ असारमा आफ्नै घरमा झुरिण्ण्डएर आत्महत्या गरेका थिए । सारुकको आत्महत्या नभई दुरुत्साहन भएको भन्दै विभिन्न टिकाटिप्पणी भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७