वातावरण संरक्षण हिमालबाट सुरु गर्नुपर्छ : राष्ट्रपति पौडेल


२१:५५ बजे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी, मानव र प्राणी जगतको भविष्य सुरक्षित गर्नको लागि हिमाल र हिमाली क्षेत्रको संरक्षणको आवश्यकता औल्याएका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७०औँ वर्ष पुगेको सन्दर्भमा पहिलो सगरमाथा आरोहीद्वय सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाका परिवारजनसहित हिमालयन ट्रस्ट युकेका पदाधिकारीसँग आज शीतल निवासमा भएको भेटमा उनले सो धारणा राखेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले विश्वव्यापी रुपमा पारेको असर न्यूनिकरण गरी पृथ्वी र सम्पूर्ण मानवजातिको हितको लागि हिमाल, हिमाली क्षेत्र र जैविक विविधताको संरक्षण आवश्यक रहेको छ भने । ‘विश्वको वातावरणको संरक्षण हिमालबाट सुरु गर्नुपर्छ, किनकी पानीको मूल स्रोत हिमाल हो’, उनले भने ।

नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि हिमाली क्षेत्र र वातावरण संरक्षणमा जोड दिएको उनले उल्लेख गरे ।
सगरमाथा र यस क्षेत्रको जैविक विविधताको संरक्षणको लागि विश्व समुदायले नै काँधमा काँध मिलाएर हातेमालो गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७