मोदीलाई चार भाषामा अभिनन्दन


२०:३१ बजे
जनकपुरधाम, २३ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र चार भाषामा तयार गरिँदैछ।नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषमा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबीच प्रदान गर्नेछन् ।आजको नागरिक दैनिकमा समाचार छ ।  सो क्रममा मैथिली भाषामा लेखिएको अभिनन्दन वाचन गरिने साहले बताए । बैशाख २८ बिहान भारत, बिहारको राजधानी पटनाबाट मोदी प्रदेश २ को अस्थायी राजधानी जनकपुर आउन लागेका हुन् । कुनै पनि मुलुकका प्रधानमन्त्रीलाई सम्भवतः पहिलोपटक काठमाडौंबाहिर नेपालका प्रधानमन्त्रीले स्वागत गर्न लागेका छन् । मोदीलाई स्वागत गर्न काठमाडौंबाट जनकपुर आउने प्रधानमन्त्री केशी शर्मा ओली नागरिक अभिनन्दन सामारोहमा भने सहभागी हुने छैनन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७