६ सय जनाले दिन–रात यार्सागुम्बा निगरानी गर्दै


१४:१० बजे
रुकुम, २० बैसाख । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बाको सुरक्षार्थ ६ सय युवा परिचालन गरिएको छ । [caption id="attachment_48946" align="aligncenter" width="1500"] तस्विर स्रोत : गुगल[/caption] यार्सागुम्बाको चोरी रोक्न यार्सा पाइने पुथाउत्तरगंगा गाउँपालिका–१ र २ मा युवा परिचालन गरिएको हो । दुई वडाका प्रत्येक घरबाट एक–एक जनाका दरले यार्सा पाइने ठाउँमा खटिएका छन् । यार्सा खुला गर्नुअघि नै चोरी हुने गरेकाले चोरी रोक्न हरेक वर्ष यार्सा टिप्न खुला गरिनु अघि युवाहरु परिचालन गर्ने गरिएको छ । खटिएका युवाहरुले यार्सा खुला नगरुञ्जेल सम्म यार्साको रेखदेख गर्ने गर्छन् भने यार्सा खुला गरिएपछि त्यहाँको शान्ति सुरक्षाका लागि भूमिका खेल्छन् । उनीहरुले स्वत स्फूर्त आफ्नै खर्चमा निशुल्क रुपमा यार्साको रेखदेख गर्ने गरेको बताइएको छ । स्थानीयसँगै सुरक्षाकर्मीको टोली पनि खटिएको छ । यार्सा पाइने ठाउँमा पहरा दिइरहेको यार्सा सिजन व्यवस्थापन समितिका अध्यक्ष अमरधन पुनले जानकारी दिए । यार्साको सुरक्षाका लागि यार्सा पाईने पुपाल, घोराङ, फुलबारी लगाएतका ठाउँमा स्थानीय र सुरक्षाकर्मी गरेर ६ सय बढी खटिएको उनको भनाई छ । जेठ पहिलो साताबाट यार्सा खुला गरिने यार्सा सिजन व्यवस्थापन समितिले आउँदो जेठ पहिलो साताबाट यार्सा खुला गर्ने तयारी गरेको छ । मौसम अनुकूल भएमा जेठ पहिलो सातादेखि असार पहिलो सातासम्म यार्सा खुला गर्ने गरी तयारी भैरहेको समितिका अध्यक्ष पुनले बताए । हरेक वर्ष यहाँका पाटनहरु यार्सा टिम्नका लागि एक महिना खुला गरिन्छन् । यार्सा व्यवस्थापन समितिका अनुसार पुथाउत्तरगंगा गाउँपालिका १ र २ का पुपाल, घाराङ, फुलबारी, निम्क, पानीढाल, कुण्डला, उङला र भित्रवन लगाएतका पाटनहरुमा यार्सा पाइन्छ । स्थानीयलाई निःशुल्क अन्यलाई शुल्का यार्सा टिम्नका लागि स्थानीयसहित रुकुम (पूर्व) र रुकुम (पश्चिम) तथा अन्य जिल्लाबाट पनि मान्छेहरु पुग्ने गर्छन् । उनीहरुले यार्सा टिप्नका लागि शुल्क तिर्नु पर्छ । पुथाउत्तरगंगा १ र २ का स्थानीयले भने निःशुल्क यार्सा टिप्न पाउँछन् । यो वर्ष यार्सा टिप्नका लागि सर्वसाधारणका लागि १५ सय शुल्क निर्धारण गरिएको छ । व्यापारीको हकमा भने स्थानीय व्यापारीका लागि २० हजार शुल्क निर्धारण गरिएको र बाहिरका व्यापारीका लागि शुल्क निर्धारण गर्न बाँकी रहेको यार्सा व्यवस्थापन समितिका सचिव दलमान पुनले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७