निलम्बनपछि प्रशिक्षणमा फर्किए मेस्सी


२०८० बैशाख २६ मंगलबार ०७:०८ बजे

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले क्लबको अनुमति बिना साउदी अरब भ्रमण गरेको भन्दै अर्जेन्टिनाका सुप्रसिद्ध स्ट्राइकर लियोनल मेस्सीलाई निलम्बन गरेपनि सोमबार पुनः प्रशिक्षणमा सहभागी गराएको छ ।

पिएसजीले सामाजिक सञ्जालमा मेसीको तस्बिर पोस्ट गर्दै भनेको छ, ‘लियोनल मेस्सी सोमबार बिहान प्रशिक्षणमा फर्किएका छन् ।’ अप्रिल ३० मा लिग वानमा लोरिएन्टसँग पीएसजीको घरेलु मैदानमा ३–१ को हार बेहोरेका मेस्सी अर्को दिन पर्यटन दूतको रूपमा व्यावसायिक गतिविधिमा भाग लिन साउदी अरब जाँदा टोलीको प्रशिक्षण सत्रमा उपस्थित थिएनन् ।

मेस्सीले पछि क्लब र आफ्ना टोलीका साथीहरूसँग माफी मागेका थिए । मेस्सीको पुनरागमनको सोमबारको घोषणासँगै उनी शनिबार अजासिओविरुद्धको पीएसजीको अर्को लिग खेलका लागि उपलब्ध हुने सम्भावना छ ।

सन् २०२१ मा फ्रि एजेन्टका रुपमा पेरिस आइपुगेका ३५ वर्षीय फिफा विश्वकप विजेता मेस्सीले ७१ खेलमा ३१ गोल गर्नुका साथै ३४ असिस्ट गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७