अन्तर्राष्ट्रिय महिला दिवसले नछोएका महिला

अन्तर्राष्ट्रिय महिला दिवसको दिन बुधबार बिहान मध्यपुर थिमि–४, शंखधर चोकमा सिमसिम पानी परेको बाबजुद बिहान ठेलामा सागसब्जी बेच्दै महिला । आज देशभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइने भने पनि विपन्न महिलालाई यसले छुन सकेको छैन । उनीहरुलाई घराउसी समस्यालाई कसरी सुल्झाउने भन्ने चिन्ताले सताउने गरेको छ । तस्वीर : रत्न श्रेष्ठ / रासस