राष्ट्रपतिको हैसियतमा भण्डारीको भूमिका निष्पक्ष र वजनदार : ओली


०८:०० बजे

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका रूपमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले निष्पक्ष र वजनदार भूमिका निर्वाह गरेको दावी गरेका छन् ।

एमालेले राष्ट्रपति निर्वाचनका लागि संघीय तथा प्रदेशका सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने, ‘अहिलेसम्मको अनुभवमा देखेका छौं । सम्माननीय विद्यादेवी भण्डारीजीले राष्ट्रपतिको अत्यन्त ओजनदार, निष्पक्ष, महत्वपूर्ण अभिभावकीय भूमिकाको राष्ट्रपतिको हैसियतमा निष्पक्ष ढंगले काम गर्नु भएको छ ।’

राष्ट्रपति भण्डारीको आलोचना स्वार्थअनुसार काम नभएपछि हुने गरेको ओलीले आरोप समेत लगाए । उनले भने, ‘आफ्नो स्वार्थअनुसार नहुने बित्तिकै बुरुक्क उफ्रिने, कराउने, वक्तव्यवाजी गर्ने, खण्डन गर्ने मण्डन गर्ने !’

राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास नेम्वाङको पक्षमा भोट मागिरहेको एमालेले आफ्ना संघीय र प्रदेश सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । जसमा ओलीले वर्तमान राष्ट्रपति भण्डारीले निष्पक्ष र ओजनदार काम गरेको भन्दै प्रसंसा गरेका हुन् । राष्ट्रपति भण्डारीको दुई पटक संसद् विघटन गरेको, संसद्बाट पारित विधेयक रोकेको लगायतका कामका लागि आलोचना हुने गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७