पूर्वराजा ज्ञानेन्द्रलाई मन्त्री मोदीको चेतावनी : देश पश्चगमनतर्फ फर्किदैन


२०७९ फाल्गुण १२ शुक्रबार १६:०३ बजे

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन् ।

आज (शुक्रबार) नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले काठमाडौंमा आयोजना गरेको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा मन्त्री मोदीले पूर्वराजा ज्ञानेन्द्रलाई आफ्नो ठिक ठाउँमा बस्न चेतावनी दिएका हुन् ।

उनले एक-दुई हजार मान्छे जम्मा हुँदैमा पूर्वराजाले म नै राजा हुँ भन्ने सोचिरहेको टिप्पणी गर्दै त्यस्तो नसोच्न चेतावनी दिए । देशमा गणतन्त्र आइसकेको र जनताको छोराछोरी राष्ट्रपति बन्न पाउने भन्दै मन्त्री मोदीले देश पश्चगमनतर्फ नफर्कने दावी गरे ।

उनले आफूहरुले देशलाई ठिक दिशा दिइरहेको भन्दै देशलाई खल्बल्याउनेहरुलाई खबरदारी गर्नुपर्ने बताए । मन्त्री मोदीले मुलुकको राजनीतिक अवस्था परिवर्तनका निम्ति पत्रकारहरुको ठूलो योगदान रहेको भन्दै सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७