यूएई जाने क्रिकेट टोलीमा परेनन् सन्दीप


२०७९ फाल्गुण ११ बिहीबार ०१:०८ बजे

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा हुने त्रिदेशीय श्रृंखलाका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ ।

यूएईमा यही फागुन १५ गतेदेखि हुने श्रृंखला खेल्नका लागि आज (बिहीबार) नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले १५ सदस्यीय टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीमा यसअघि घरेलु मैदानमा भएको त्रिदेशीय श्रृंखला रहेका सन्दीप लामिछाने परेका छैनन् । मौसम ढकाल र प्रतिश जिसीले टोलीमा स्थान बनाएका छन् ।

सन्दीप लामिछानेका लागि नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग सिफारिस मागे पनि अस्वीकार गरिएको थियो । नेपालले फागुन १५ गते पपुवा न्युगिनी (पीएनजी)विरुद्ध खेल्दै उक्त शृंखलाको सुरुआत गर्नेछ । नेपालले फागुन १८ गते यूएईसँग, फागुन १९ गते पुनः पीएनजीसँग र फागुन २२ गते पुनः यूएईसँग खेल्ने तालिका छ ।
को–को समेटिए नेपाली टोलीमा ?
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, आरिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, श्याम (मौसम) ढकाल, गुल्सन झा र प्रतिश जिसी ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७