बागमतीका मुख्यमन्त्री जम्मकट्टेलको पहिलो निर्णय : मन्त्रालय घटाउने निर्णयमा हस्ताक्षर


२०७९ पौष २६ मंगलबार ११:४८ बजे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गरेका छन् । हेटौंडा उपमहानगरपालिका–२ मा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले प्रदेशको मुख्यमन्त्रीका रुपमा पदभार ग्रहण गरेका हुन् ।

यस्तै एमालेका तर्फबाट मन्त्री बनेका जगन्नाथ थपलियाले पनि आफ्नै मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । राप्रपाका तर्फबाट मन्त्री बनेका विना विभागीय मन्त्री उद्धव थापाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गरेलगतै जम्मकट्टेलले यस प्रदेशमा मन्त्रालयको संख्या घटाउन कार्यदल गठन गरेका छन् । मन्त्रालयको संख्या धेरै रहेको र घटाउनका लागि कार्यदल गठन गर्ने निर्णय समेत गरे । प्रमुख सचिवको नेतृत्वमा पाँच सदस्य कार्यदल गठन गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७