एभियन फ्लुका कारण जापानमा एक करोड पंक्षी मारिए

टोकियो । एभियन इन्फ्लुएन्जाको त्रास बढ्दै गएपछि जापानमा यस याममा पोल्ट्री फार्ममा करिब एक करोड चरा नष्ट गरिएको छ ।
टोकियोको उत्तर पूर्वी इबाराकी प्रिफेक्चरको शिरोसाटो सहरको कुखुरा फार्ममा बर्डफ्लूको प्रकोप पुष्टि भएकाले चरा, कुखुरालगायत पक्षी नष्ट गरिएको कृषि, वन तथा मत्स्य मन्त्रालयले जनाएको छ । सिन्ह्वा