रेशम चौधरीलगायतलाई छुटाउन लागेको भन्दै एमाले निकट अनेरास्ववियुको प्रदर्शन


२०७९ मङ्सिर २७ मंगलबार ०२:४७ बजे

काठमाडौं । सरकारले विभिन्न मुद्दामा कसुर ठहर भई सजाय भोगिरहेका कैदीबन्दीलाई छुट दिन अध्यादेशमार्फत फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्ने मन्त्रिपरिषद्को निर्णयलाई लिएर नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ ।

आज (मंगलबार) त्रिचन्द्र क्याम्पस अगाडि विद्यार्थी तथा नेताहरुले उक्त निर्णयविरुद्ध नाराबाजी गरेका हुन् । सत्ता सौदाबाजीका लागि अध्यादेश ल्याउने प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयविरुद्ध उनीहरुले विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन र नाराबाजी गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयविरुद्ध सत्तारूढ कांग्रेसकै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला र सांसद प्रदीप पौडेल समेत उभिएका छन् । राजनीतिक समूहमा आबद्ध भएर विभिन्न कसुरमा जेलमा रहेका कैदीबन्दीलाई रिहाइ गर्न मन्त्रिपरिषद्ले आइतबार अध्यादेश ल्याउने निर्णय गरेको हो । भावी सत्ता समीकरणलाई सजिलो बनाउन अघि बढाइएको अध्यादेश सोमबार राष्ट्रपति कार्यालय शीतल निवास पुगिसकेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७