अफगानिस्तान–पाकिस्तान सीमामा गोली आक्रमण, ६ जनाको गयो ज्यान


२०७९ मङ्सिर २६ सोमबार १७:३५ बजे

काठमाडौं । पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा दुई मुलुकका सुरक्षा बलबीच भएको झडपमा परी पाकिस्तानका ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । झडप पाकिस्तानको बलुचिस्तान र अफगानिस्ताको कन्धार प्रान्तको सीमानजिकै चमन चौकीमा भएको हो ।

पाकिस्तानले आफ्नो तर्फबाट भड्काउने किसिमको कुनै पनि घटना नहुँदा नहुँदै अफगानिस्तानले आक्रमण गरेको बताएको छ । साथै आफ्नो सुरक्षा बलले पनि त्यसको उचित जवाफ दिएको बताएको छ ।

पाकिस्तानी सुरक्षा बलले भने आफूहरुले आम नागरिकमाथि आक्रमण नगरेको बताएको छ । पाकिस्तानले यस विषयमा तालिबानसँग सम्पर्क गरेको र आगामी दिनमा यस्ता घटना नदोहोरिने ग्यारेन्टि पनि लिएको बताएको छ ।

एक महिनाअघि अफगानिस्तानको सीमा क्षेत्रमा भएको यस्तै गोली आक्रमणमा परी एक पाकिस्तानी गार्डको मृत्यु भएको थियो । अफगानिस्तानमा तालिबानको शासन आएसँगै उसको सरकारलाई मान्यता दिने पाकिस्तान पहिलो मुलुकमध्येको एक थियो। यद्यपि पछिल्लो समय भने पाकिस्तानसँगको अफगानिस्तानको सम्बन्धमा उतारचढाव देखिएको छ । पाकिस्तानी सेनाले पाकिस्तानी तालिबानसँग पनि लडिरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७