काठमाडौं, २ बैसाख : जुवा खेलिरहेका अवस्थामा नगदसहित ७ जनालाई प्रहरीले पक्राउ गरेका छ । काठमाडौंको कुलेश्वरमा श्याम नगरकोटीले सञ्चालन गर्दै अइरहेको श्याम नेवारी एण्ड खाजा घरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुर घर भई अहिले कुलेश्वरमा खाजा घर सञ्चालन गरिरहेका ४० वर्षीय श्याम नगरकोटी, काठमाडौं चुन्नेखापाका ४५ वर्षीय महेश्वर डंगोल, विरगञ्जका ४० वर्षीय विशाल कार्की, काभ्रेका ४८ वर्षीय दुर्गा नाथ, काठमाडौं कुलेश्वरका ३४ वर्षीय विकास महर्जन, कलंकीका ४० वर्षीय सुनील ओझा र कुलेश्वरकै ४५ वर्षीय जगत गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु ४६ हजार १ सय नगदसहित प्रहरीले पक्राउ गरेको हो ।