काठमाडौं, २ बैसाख : नेपाल मात्र होइन छिमेकी देश भारत पनि बलात्कारको घटनाबाट बद्नाम बन्दै गएको छ । भारतमा बालबालिका र महिला सुरक्षित नरहेको बताइरहेको बेला फेरि यस्तै कहालीलाग्दो घटना बाहिरिएको छ । भारतको सुरतमा एक ११ वर्षे बालिकालाई लगातार ८ दिन बलात्कार गरेपछि निर्ममतापूर्वक हत्या गरिएको छ । पोष्टमार्टम गर्दा शरीर ८६ वटा प्रहार भएका घाउका दाग छन् ।
पुलिसले क्रिकेट मैदानको छेवैमा बच्चीको शव फेला पा¥यो । उक्त शव परीक्षणबाट लगातार ८ दिन बलात्कार भएको पुष्टि भयो । पुलिसले अझै बच्चीका अभिभावकलाई यसबारे जानकारी नदिइएको बताएको छ । बच्चीको गुप्ताङ्गमा निकै गम्भीर चोटहरु रहेको पाइएको छ । न्यूज एजेन्सी एएनआईका अनुसार करीब ५ घण्टासम्म चलेको पोष्टमार्टमबाट पहिले बलात्कार र त्यसपछि प्रताडित गरेर मारिएको उल्लेख गरिएको छ । अहिलेसम्म बच्चीको पहिचान हुन सकेको छैन । अप्रिल ६ मा मिलेको उक्त शव परीक्षणबाट ८ दिनसम्म निरन्तर बलात्कारपछि उनको मृत्यु भएको हो । एजेन्सी