गढीमाईको एक बस्तीमा आगलागी हुँदा १६ घर जलेर नष्ट


२०७५ बैशाख १ शनिबार १६:२६ बजे
  कलैया,बैशाख १:  बारा गढीमाई नगरपालिका–५ गबई गाउँ दलित बस्तीमा आज दिउँसो आगलागी हुँदा १६ घर जलेर नष्ट भएको छ। [caption id="attachment_18563" align="aligncenter" width="720"] फाइल तस्बिर[/caption] धाइजन बस्ने भजन महरा चमार र रामविश्वास महरा चमारको घरमा अचानक आगलागी हुँदा सो आगो छिमेकीसमेत गरी १६ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। कलैया, वीरगञ्ज, कोल्भीबाट आएका वारुणयन्त्र र स्थानीय वासिन्दाको सहयोगबाट आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट मानवीय क्षति नभएको र धन सम्पत्तिको क्षतिको विवरण आई नसकेको प्रहरीले बताएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७