रुसमा हुने फुटबल फर फ्रेन्डसिपका लागि नेपालबाट छानिए दुई जना


२०७४ चैत ३० शुक्रबार १२:२७ बजे
काठमाडौं, ३० चैत : रुसमा आयोजना हुने कार्यक्रम फुटबल फ्रेन्डसिपका लागि १२ वर्षीय दुई बालक छनौट भएका छन् । फुटबलमा रुची राख्ने गिरिश मास्के र अनमेश रायमाझी फुटबल फर फ्रेन्डसिपका लागि नेपालबाट छनौट भएका हुन् । नेपालले यो कार्यक्रममा भाग लिन लागेको पहिलो पटक हो । कार्यक्रममा विभिन्न २१० देश र क्षेत्रका बालबालिकाको सहभागिता हुनेछ । विश्वका विभिन्न क्षेत्रका बालबालिका माझ फुटबलको विकास, स्वस्थ्य जीवन शैली, सहिष्णुता प्रवद्र्धन, खुला विचार, विभिन्न संस्कृति र राष्ट्रियता प्रतिको सम्मानको विकास गराउन रुसी व्यवसायिक कम्पनी ग्याजप्रोमले विश्व फुटबल महासंघ (फिफा) को सहयोगमा सन् २०१३ देखि सञ्चालन भइरहेको कार्यक्रम हो फुटबल फर फ्रेन्डसिप । गिरिश मास्के जुन २०१८ मा रुसको राजधानी मस्कोमा आयोजना हुने फुटबल फर फ्रेन्डसिप इन्टरनेशनल च्याम्पियनशिपमा सहभागी हुनेछन् । च्याम्पियनशिपमा ३२ अन्तर्रा्ष्ट्रिय टिमको सहभागिता हुनेछ । अनमेश रायमाझीले इन्टरनेशनल चिल्ड्रेन प्रेस सेन्टरको सदस्यका हैसियतले किशोर पत्रकारका रुपमा फुटबल फर फ्रेन्डसिप कार्यक्रमको स्थानीय र वैश्विक रिपोर्टिङ गर्नेछन् । कार्यक्रमको समापन फिफा वल्र्ड कप उदघाटन समारोहमा बालबालिकालाई सहभागी गराइए पछि समान हुने फुटबल फर फ्रेन्डसिपले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७