उभिएर गीत गाउन नसकेपछि गायिकालाई स्टेजमै गोली हानेर हत्या गरियो


२०७४ चैत २९ बिहीबार १३:०१ बजे
काठमाडौं, २९ चैत : पाकिस्तानको सिन्ध प्रान्तमा एक २४ वर्षीया गायिकाको गोली हानेर हत्या गरिएको छ । समीना सिन्धु नामकी गर्भवती अवस्थामा रहेकी गायिका एउटा कार्यक्रममा गएकी थिइन । उनले कार्यक्रममा गीत गाउँदै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिले उनलाई उभिएर गीत गाउन भनेका थिए । उनले उभिएर गीत गाउन नसक्दा कार्यक्रममा उपस्थित एक व्यक्तिले उनीमाथि गोली चलाएका थिए । प्रहरीका अनुसार तारिक जटोई नाम गरेका एक व्यक्तिले बारम्बार गायिकालाई उभिएर गीत गाउन र नाच्न जिद्दी गरिरहेका थिए । तर गायिकाले ती व्यक्तिको कुरा नमानेपछि उनीमाथि गोली चलाइएको थियो । घटनास्थलमै गायिका र उनको गर्भमा रहेको बच्चाको ज्यान गएको छ । घटना घटे लगत्तै घटनाका आरोपीलाई गिरफ्तार गरिसकिएको छ । यस घटनाको पाकिस्तानमा चौतर्फी विरोध भइरहेको छ । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७