नविना लामा : १२ वर्षको प्रेम विवाहमा बदलिंदै, निम्तो बाँड्न पुगिन बालुवाटार
लामो समयदेखि अनेरास्ववियुकै पूर्व नेता प्रवीण श्रेष्ठसँगको प्रेम सम्बन्ध रहेकी लामाको वैशाख १३ गते विवाहको साइत जुरेको छ । नविना र प्रविणले वैवाहिक समारोहको प्रमुख आतिथ्यका लागि विहीबारै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर निम्तो दिएका छन् ।
३५ वर्षीया नेतृ नविनाको विहे आर्मी अफिसर्स क्लबमा तय भएको बताएकी छन् ।
अनेरास्ववियुको अध्यक्ष भएकै बेला विहे गर्ने नविना रामकुमारी झाँक्रीपछि दोस्रो नेता हुन् । विवाहलाई सामान्य रुपमा सम्पन्न गर्ने र कुनै तडक–भडक बनाउने योजना नरहेको लामाले बताएकी छन् । .gif)

.png)

