राप्रपाको आज काठमाडौंमा आमसभा, शीर्ष नेतासँगै अभिनेत्री मनिषा कोइरालाले पनि सम्बोधन गर्ने


२०७९ कार्तिक २५ शुक्रबार ०१:२२ बजे

काठमाडौं । राप्रपाले आज (शुक्रबार) काठमाडौंमा आमसभा गर्ने भएको छ । आउँदो मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै प्रचारप्रसारलाई तीव्रता दिएको राप्रपाले काठमाडौंमा आमसभा गर्न लागेको हो ।

काठमाडौंको वसन्तपुरमा उपत्यकास्तरीय चुनावी सभा गर्न लागिएको पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरू र अभिनेत्री मनिषा कोइरालाले पनि सम्बोधन गर्ने कार्यक्रम छ । आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उम्मेदवारहरूले मतदानका लागि सामुहिक अपिल गर्ने कार्यक्रम छ ।

देशका १४२ प्रतिनिधिसभा र २८६ प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दिएको राप्रपा सबैभन्दा बढी उमेदवार उठाउने एमाले पछिको दोस्रो दल हो । राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डण्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावीसभा गरिसकेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७