दीपावलीमा जगमगाएको काठमाडौँ {तस्वीरहरू}
काठमाडौँ, ७ कार्तिक। यमपञ्चक अन्तर्गत आज (सोमवार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ ।
आज विशेष गरी घरका झ्याल, ढोका, कोठा, कौसीमा शृङ्गार गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा र दीपावली गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ ।
लक्ष्मी पूजाका लागि आज बेलुका चामलको पिठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो बनाउने गरिन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ । लक्ष्मी पूजाको साँझ काठमाडौं उपत्यका रङ्गीबिरङ्गी विजुली र फूलहरुले झिलिमिली बनेको छ ।
लक्ष्मी पूजाको साँझ काठमाडौंका केहि तस्वीरहरू