जुम्लामा पहिरो : एकै घरका पाँचसहित ६ जनाको मृत्यु


२०७९ असोज २२ शनिबार ११:५६ बजे

जुम्ला । जुम्लाको कनका सुन्दरी गाउँपालिका–५ वारेकोटडाँडामा पहिरोले घर भत्किँदा पुरिएर मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।

मृत्यु हुनेमा घरमुली ५५ वर्षीया गणेशबहादुर शाही, उनकी श्रीमती पानसरा शाही, २२ वर्षीया छोरा रमेशबहादुर शाही, ९ वर्षका अनमोल शाही, ६ वर्षका मिलन शाही र छिमेकी २४ वर्षीया सुरेन्द्र हमालको पनि मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृत्यु भएकामध्ये पाँच जना एकै घरका हुन् ।

यस्तै २२ वर्षकी विद्या शाही अझै बेपत्ता रहेकी छन् । शनिबार बिहान् ४ः०५ बजे सुतिरहेको अवस्थामा घर माथिबाट पहिरो आई घर भत्किएको थियो । यस्तै घाइते बर्ष ५० की सरस्वती हमालको अबस्था पनि नाजुक रहेको प्रहरीले बताएको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने स्थानीय रामबहादुर हमाल पछि घाइते भएका छन् । अहिले त्यहाँ ५ जनाको प्रहरी टोलीबाट उद्धार कार्य भइरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७